एजेन्सी, १६ चैत । आइतबार राति सम्पन्न सिरिजको अन्तिम एकदिवसीय खेल भारतले ७ रनको जित निकाल्दै सिरिजमा २–१ ले कब्जा गरेको हो ।
भारतले दिएको ३ सय ३० रनको लक्ष्य पछाएको इङल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउदै ३२२ रन बनाएको थियो । इङल्याण्डका लागि साम करनले अविजित ९५ रन बनाएका थिए भने डविड मलानले ५० रन बनाएका थिए ।
त्यस्तै बेन स्टोक्सले ३५ रन बनाए भने लिआम लिभिंगस्टोनले ३६, मोइन अलीले २९, जोस बटलरले १५, अदिल राशिदले १९, मार्क वूड र जासन रोयले १४÷१४ रन बनाए । भारतका लागि श्रदुल ठाकुरले ४, भुवनेश्वर कुमारले ३ तथा टी नटराजनले एक विकेट लिए ।
यसअघि भारतले टस हारेर पहिला ब्याटिंग गर्दै ४८ दशमलव २ ओभरमा अल आउट हुदै ३ सय २९ रन बनाएको थियो । भारतका लागि ऋषव पन्तले सर्बाधिक ७८ रन बनाए भने शिखर धवनले ६७, हार्दिक पाण्डेयले ६४ रन बनाएका थिए ।
त्यस्तै रोहित शर्माले ३७ रन बनाए भने श्रदुल ठाकुरले ३०, कुनाल पाण्डेयले २५ रन बनाएका थिए । इङल्याण्डका बलर मार्क वूडले ३ विकेट लिएका थिए भने अदिल राशिदले २ विकेट लिए ।
त्यस्तै साम करन, रीस तोपले, बेन स्टोक्स, मोइन अली र लिआम लिभिंग स्टोनले एक एक विकेट लिए ।




