इतिहास रच्दै विश्वकप छनौटमा उक्लियो पानामा, अमेरिका रिंग आउट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

काठमाडौँ, २५ असोज । पानामा आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ। उत्तर तथा मध्य अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा कोस्टारिकालाई २-१ ले हराउँदै पानामाले रुसमा हुने विश्वकपको यात्रा पक्का गरेको हो।

यस्तै मेक्सिकोलाई ३-२ ले हराएको होण्डुरसले प्ले-अफमा स्थान बनाएको छ। मेक्सिको यसअघि नै छनौट भइसकेको छ। होण्डुरसले अब विश्वकपमा स्थान बनाउका लागि अस्ट्रेलियासँग दुई लेगको प्ले-अफ खेल्नेछ। तर ट्रिनिडाड एण्ड टोबागोसँग २-१ ले पराजित भएको अमेरिकाले भने विश्वकपमा स्थान बनाउन सकेन।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);