नेपालमा थप १५६ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

मंसिर ५ २०८३, शनिबार

नेपालमा थप १५६ जनामा कोरोना संक्रमण

काठमाडौं, १३ चैत। पछिल्लो २४ घण्टामा नेपालमा १५६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका  ४ हजार ४१६ पीसीआर परीक्षणमध्ये १५६ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७६ हजार ६६५  पुगेको छ ।

यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ३४२  पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या  ४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपी हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ।

Leave a Reply

ताजा समाचार