काठमाडौं, १३ चैत । पछिल्लो राजनीतिक विषयमा अनिर्णित रहेको कांग्रेसले २० गतेका लागि केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको हो ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न बैठक डाकिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
विधान नै संशोधन गरेर अन्तिमपटक भन्दै भाद्र ७ देखि कार्यतालिका बनाए पनि पूर्वतयारी गर्न नसकेपछि हेरफेरको तयारी कांग्रेसभित्र सुरु भएको छ । यसअघि चैत १० गतेभित्र क्रियाशिल सदस्यता बुझाइसक्नुपर्ने समयसीमा तोकिएको थियो ।
अझै सबै क्रियाशील सदस्यको विवरण सार्वजनिक भएको छैन ।