कानुन कार्यान्वयन गर्न सकेमा मात्रै जातीय विभेद अन्त्य हुन्छ : मुख्यमन्त्री पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

कानुन कार्यान्वयन गर्न सकेमा मात्रै जातीय विभेद अन्त्य हुन्छ : मुख्यमन्त्री पौडेल

मकवानपुर, १२ चैत । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कानुन कार्यान्वयन गर्न सकेमा मात्रै जातीय विभेदका घटनाहरूको अन्त्य हुने बताएका छन् ।

मकवानपुरको हेटौंडामा दलितमैत्री नीति तथा कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले यस्तो अभिब्यक्ति दिएका हुन् ।

तुलनात्मक रुपमा प्रदेश सरकार गठन भएपछि जातीय भेदभाव तथा छुवाछुतको घटनामा कमी आएपनि संविधानमा उल्लेख भए अनुसारका दलितहरुको हक अधिकार सम्बन्धी ऐन कानुनको पूर्ण रुपमा कार्यान्वयन नहुँदा समाजमा विभेदका घटनाहरु घट्ने गरेको उनको भनाई छ ।

यसैगरी उनले जातीय विभेद अन्त्य गर्नका लागि समाजमा रहेका कुसँस्कारलाई त्याग्न सक्नुपर्ने बताए ।

प्रदेश सरकारले दलितमैत्री विधेयक निमार्ण गरी सरकारी विधेयकका रुपमा प्रदेशसभा छलफल गरी छुट्टै कानुन निमार्ण गर्ने प्रतिवद्धतासमेत मूख्यमन्त्री पौडेलले व्यक्त गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);