काठमाडौं, १० चैत । मंगलबार नेपालमा १ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा भएका चार हजार ३२ पीसीआर परीक्षणमध्ये १ सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या दुई लाख ७६ हजार २ सय २४ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु हुनेको संख्या भने शुन्य रहेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या तीन हजार १९ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ७७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या दुईलाख ७२ हजार ७९ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । संक्रमणमुक्त हुनेको यो संख्या कुल संक्रमितको ९८.५ प्रतिशत हो ।
अहिले सक्रिय संक्रमितको संख्या एक हजार १ सय २८ रहेको छ ।