काठमाडौं, ८ चैत। नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्डले भारतमा आयोजना हुने साउथ एसियाज ट्राभल एन्ड टुरिजम एक्सचेन्ज (साटे)मा सहभागिता जनाउने भएको छ ।
मार्च २४ देखि २६ तारिखसम्म भारतको ग्रेटर नोयडामा आयोजना हुनलागेको उक्त कार्यक्रममा बोर्डको नेतृत्वमा नेपाल वायुसेवा निगमसहित विभिन्न २५ वटा कम्पनी सहभागी हुनेछन् । प
र्यटन प्रवर्द्धनका लागि पहिले छिमेकी मुलुकका बजारमा जाने रणनीतिअनुरुप बोर्डले साटेमा सहभागिता जनाउन लागेको हो।
उक्त कार्यक्रममा नेपालको सहभागिता महत्वपूर्ण हुने अपेक्षा गरिएको साथै नेपालको पर्यटन प्रवर्द्धन गर्न सहयोगी हुने बोर्डले जनाएको छ ।