संसदीय दलको बैठकमा आउन नेपाल–खनालका दुई सर्त | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

संसदीय दलको बैठकमा आउन नेपाल–खनालका दुई सर्त

काठमाडौं, ७ चैत । नेकपा एमालेको नेपाल–खनाल पक्षले संसदीय दलको बैठकमा आउनका लागि आफ्ना दुई सर्त अघि सारेका छन् । सो पक्षका तीन सांसद बालुवाटार पुगेर सो सर्तसहितको पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका हुन् ।

नेपाल–खनाल पक्षका सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, यज्ञराज सुनुवारलगायत नेताहरू पत्र बालुवाटारमा बुझाएका हुन् ।

पत्रमा सो पक्षले बैठक सिंहदरबार वा संसद भवनमा हुनुपर्ने सर्त राखेको छ । यस्तै बैठकमा छलफल गरिने एजेण्डामा सहमति भएमा मात्र संसदीय दलको बैठकमा सहभागी हुन सकिने गरी सर्त राखिएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।

यस्तैगरी केन्द्रीय कमिटीको बैठकबाट पारित नगरी प्रधानमन्त्री ओलीले आफूखुशी संसदीय दलको बोर्ड गठन गरेको भन्दै सो कार्य विधि विपरीत भएको पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी संसदीय दलसम्बन्धी पार्टी विधानको व्यवस्थाविपरीत भए गरिएका काम कारबाहीमा सहमति जनाउनु विधान विपरीत भई लोकतान्त्रिक पद्धतिको उल्लंघन हुने लगायतका कुराहरु पत्रमा समेटिएका छन् ।

यसअघि नेपाल–खनाल पक्ष पार्टी अध्यक्ष ओलीले आज बालुवाटारमा बोलाएको बैठकमा उपस्थित भएका थिएनन् । बालुवाटारमा बसेको संसदीय दलको सो बैठकमा प्रस्तावित संशोधित विधान अनुमोदनका लागि केन्द्रीय कमिटी बैठकमा लैजान निर्णय भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);