सर्वोच्चका दुईवटै मुद्धा हामीले हारेका छौ : प्रदिप ज्ञावली | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

सर्वोच्चका दुईवटै मुद्धा हामीले हारेका छौ : प्रदिप ज्ञावली

काठमाडौं, ६ चैत । परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीले फागुन ११ र २३ गतेका सर्वोच्चबाट भएको फैसलामा सरकार हारेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारको धारणा ताजा जनदेशमा जाने भन्ने थियो तर सर्वोच्चको फागुन ११ को फैसलाले रोेकिदियो, फागुन २३ को नेकपाको नामसंग सम्बन्धित फैसलाले सरकार हारेको छ, तर हामी विधिमा विश्वास गर्छौं , आफू अनुकुल फैसला आए विजयोत्सव मनाउने प्रतिकुल आए झोक्राउँदैनौ’ ज्ञावलीले भने ।

उनले फागुन २३ को फैसलाले वामपन्थी एकीकरणमा अल्पविराम लागेको बताए । ज्ञावलीले पार्टी एकीकरणलाई झरीमा रुझेको उँटले सँुडा लुकाउन साहारा माग्दा घरमुलीलाई बाहिर निकाल्न आँटे जस्तो भएको बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);