एमालेले नेपाल समूहको कारबाही स्थगित गर्‍यो, अन्तिम सम्म एकताको प्रयास गर्ने | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८३, मंगलबार

एमालेले नेपाल समूहको कारबाही स्थगित गर्‍यो, अन्तिम सम्म एकताको प्रयास गर्ने

काठमाडौँ । नेकपा एमालेले नेपाल पक्षमाथि सुरु गरेको कारवाही तत्कालका लागि स्थगित गरेको छ। पार्टीको एकतालाई अन्तिम समय सम्म जोगाउने प्रयास स्वरुप तत्कालका लागि कारवाही स्थगित गरेको हो।

प्रधानमन्त्री निवास बालुवटारमा मंगलबार बसेको बैठकले एकता जोगाउन अन्तिम सम्म प्रयास गर्ने प्रवक्ता प्रदिप ज्ञावलीले जानकारी दिए। उनले लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभाको उपनिर्वाचनमा अन्तरघात भएको र यस बिषयमा थप समीक्षा गर्ने बताए।

उनले सर्बोच्च अदालतमा विचाराधीन रहेको प्रतिनिनिधसभा विघटन सम्बन्धि मुद्धामा आफुले भनेको न्यायाधीशको ईजालास हुनुपर्छ भन्ने कुराले स्वतन्त्र न्यायापालिकाको गरिमा नरहने बताए।

Leave a Reply

ताजा समाचार