नेपाल पक्षको भेलाको निष्कर्ष, विभाजित होइन एकतावद्ध एमाले | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८२, सोमबार

नेपाल पक्षको भेलाको निष्कर्ष, विभाजित होइन एकतावद्ध एमाले

काठमाडौं, ५ चैत । एमालेको माधव नेपाल पक्षको भेलाले एकतावद्ध एमालेमा जोड दिएको छ । बिहीबार भेलाका सहभागीहरुले दिएको सुझाव अजुसार विभाजित एमाले नभई एकतावद्ध एमाले हुनुपर्ने निष्कर्ष निकालेको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए ।

गैरेका अनसार सर्वोच्च अदालतले २०७५ जेठ २ को अवस्थामा एमालेलाई फर्काइदिएकोले सो अनुसार पार्टी संचालन हुनुपर्नेमा सहभागीहरुले जोड दिएका छन् । त्यसैगरी पार्टीको नवौ महाधिवेशनले निर्वाचित गरेको नेतृत्व, विधान र नीति कार्यक्रमका आधारमा पार्टी संचालन हुनुपर्ने सुझाव दिएका छन् ।

गैरेले कारवाही समाधनको विषय नभएको र त्यसले पार्टीलाई एकतावद्ध नबनाउने बताए । उनले २८ गतेको बालुवाटार बैठकले विभाजनको रेखा कोरेकोले त्यसलाई रोक्न भेला आयोजना गरेको जानकारी दिए । उनले २८ गते अघि गएर छलफल हुनुपर्ने बताए।

Leave a Reply