सन्धिखर्क नगरपालिकाको २ दिने आवधिक योजना कार्यशाला गोष्ठी | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २४ २०८१, शनिबार

सन्धिखर्क नगरपालिकाको २ दिने आवधिक योजना कार्यशाला गोष्ठी

अर्घाखाँची, ४ चैत । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका नगर कार्यपालिकाको आवधिक योजना तर्जुमा सम्बन्धि २ दिने कार्यशाला गोष्ठी पर्यटकीय स्थल नरपानीमा बुधवार सम्पन्न भएको छ ।

५ वर्षे कार्ययोजना निर्माण गर्दै कृषि, पशुपालन, पर्यटन, सडक निर्माण, शिक्षा र स्वच्छ बजार निर्माणलाई पहिलो प्राथमिकतामा राखेर आवधिक योजना बनाउने विषयमा कार्यशालामा समुहगत छलफल भएको थियो ।

सन्धिखर्क नगरपालिकाको आयोजना र ट्रेड एण्ड नेपाल इन्जिनियरिंग प्रा.ली.को सहयोगमा सम्पन्न भएको कार्यशालामा कार्यपालिकाका सदस्य, विषयगत समितिका सदस्यहरु, नगर भित्रका राजनितिक दल, सञ्चारकर्मी र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यशालामा विभिन्न विषयगत समुह बनाएर योजनाका विषयमा छलफल भएको थियो । भौतिक पुर्वाधार विकास समिति, सामाजिक विकास समिति, वन वातावरण तथा विपद ब्यबस्थापन समिति र आर्थिक विकास समिति गरी ४ वटा समितिहरुले आगामी ५ वर्षसम्म नगरपालिकामा गर्ने योजनाहरु प्रस्तुत गरेको ट्रेड एण्ड नेपाल इन्जिनियरिंग प्रा.ली.का निर्देशक उदय भट्टराईले बताउनुभयो ।

नगरपालिका भित्र प्रचुर सम्भावना बोकेको कृषि, पशुपालन, पर्यटन, सडक निर्माण लगायत समृद्ध सन्धिखर्क निर्माण गर्ने गरी आवधिक योजनामा छलफल भएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताउनुभयो ।

योजना विज्ञ बुद्धिमान श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा नगर उपप्रमुख ठाकुर कुमार विक, जिल्ला समन्वय अधिकारी लक्ष्मी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, नेकपा एमालेका श्रीकृष्ण भुसाल, नेपाली कांग्रेसका नगर सभापति विनोद आचार्य, वडा अध्यक्षहरु युवराज बन्जाडे, मोतिजंग रायमाझि, लिलाराम गौतम, कृष्ण प्रसाद श्रेष्ठ, राजेन्द्र भुसाल, कृष्ण बहादुर आचार्य, प्रितम थापा, देववहादुर थापा, लक्ष्मीनारायण चुँदाली, ध्रुब आचार्य, नारायण खड्का लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम शाखा अधिकृत मञ्जु खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);