दुधुवा नेशनल पार्कभित्र नेपाली युवक झुण्डिएको अवस्थामा मृत फेला | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८२, मंगलबार

दुधुवा नेशनल पार्कभित्र नेपाली युवक झुण्डिएको अवस्थामा मृत फेला

dead

कञ्चनपुर, ४ चैत । कञ्चनपुरका एक युवक भारतको दुधुवा नेशनल पार्कभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर १० बिकासबस्तीका २२ वर्षीय कनैया कडायक रहेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिह बिष्ट बिष्टका अनुसार मंगलबार घरबाट हराएका कडायकको शव साँझपख दुधुवा नेशनल पार्क भित्र फेला परेको जनाएको छ ।

उनले रुखमा झुण्डिएको अवस्थामा कडायकको फेला परेको बताउँदै भारतीय प्रहरीले शव परीक्षणका लागि पलिया लगेको र शव परीक्षणपछि परिवारको जिम्मा लगाउने बुझिएको छ ।घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Leave a Reply