काठमाडौं, ४ चैत। नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोलामा ३ सय रुपैँयाले बृद्धि भएको छ । बुधबार सुनको मूल्य प्रतितोलामा ३ सय रुपैँयाले बढेर ८६ हजार ९ रुपैँया निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी प्रतितोला बुधबार १० रुपैयाँले घटेर १२ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।




