लागूऔषध सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

लागूऔषध सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

पोखरा, १ चैत्र । आज मिति २०७७।१२।०१ गते सामुदायिक कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र हेम्जाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा लागूऔषध सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।

जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२५ हेम्जा स्थित रहेका स्थानीय आमा समुह, क्लब, तथा सामुदायिक सेवा केन्द्र हेम्जाका पदाधिकारीहरू समेत गरी अन्दाजी ३५ जनाको उपस्थितिमा लागूऔषध दुर्व्यसनी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय स्तरमा लागूऔषध तथा मदिरा सेवन गर्ने व्यक्तिहरूबाट हुने अपराध, विकृति विसङ्गति, लागूऔषध सेवनबाट छुट्कारा लिने तरिका तथा कानूनी व्यवस्थाको बारेमा यस जिल्ला प्रहरी कास्कीका प्रहरी निरीक्षक खगेन्द्र अधिकारीले जानकारी तथा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

Leave a Reply