एकदिवसीय क्रिकेटमा सात हजार रन बनाउने पहिलो महिला क्रिकेटर | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

एकदिवसीय क्रिकेटमा सात हजार रन बनाउने पहिलो महिला क्रिकेटर

एजेन्सी, १ चैत। भारतकी मिताली राजले ’वान डे म्याच’मा सात हजार रन बनाएकी छिन्। यसरी ’वान डे म्याच’मा सात हजार रन बनाएर उनी पहिलो महिला क्रिकेटर बन्न सफल भएकी हुन्।

लखनउमा भइरहेको दक्षिण अफ्रिकासँगको प्रतियोगिताको चौथो ’वान डे म्याच’मा भारतकी मिताली राजले सात हजार रन बनाएर कीर्तिमान कायम गरेकी छिन्। आजको खेलमा ४ चौका प्रहार गर्दै ७१ रनमा उनले ४५ रन बनाउन सफल भइन्।

भारतीय महिला क्रिकेट टोलीकी कप्तान समेत रहेकीे ३८ वर्षीया मितालीले यसअघिकोे अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पूरा गर्ने दोस्रो महिला क्रिकेटर बनेकी थिइन्। उनी अघि इंग्ल्यान्डकी शारलाट एड्वड्र्सले १० हजार रन पूरा गरेकी थिइन्।

Leave a Reply