३०० रन कटाएर नेपालद्वारा किर्तिमान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

३०० रन कटाएर नेपालद्वारा किर्तिमान

काठमाडौं, ८ वैशाख । नेपालले वन डे क्रिकेटमा पहिलोपटक ३ सय रन पार गरेको छ । क्रिकेट इतिहासमा नेपालले ओमानविरुद्ध यो किर्तिमान बनाएको हो ।

आज त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा ओमानविरुद्धको वन डे क्रिकेटमा नेपालले ८ विकेटको क्षतिमा ३१० रन बनाएर किर्तिमान बनाएको हो । यसअघि नेपालले ३ सय रन कुनैपनि देशसँगको वन डे मा बनाउन सकेको थिएन ।

नेपालले तीन सय रन कटाउँदा कुशल मल्लले पनि किर्तिमान बनाए । उनी नेपालको क्रिकेट इतिहासमा सर्वाधिक छिटो शतक बनाउने खेलाडी बने त्यो पनि १९ वर्षमै ।
कुशल मल्लले ६३ बलमै १०८ रन बनाए । उनले शतक बनाउन छक्काको वर्षा नै गरेका थिए ।

नेपालको ३ सय रन नघाउने ऐतिहासिक खेलमा सोमपाल कामीले पनि अर्धशतक बनाए ।

सुरुवाती दुई ब्याट्सम्यान विना रन आउट हुँदा नेपालको तीन सय रन नघाउने अवस्था कल्पनाभन्दा टाढा भइसकेको थियो । तर, कुशलको बिष्फोटक ब्याटिङले नेपाल लयमा आएर किर्तिमान बनाउन सक्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);