तस्विरमा हेर्नुहोस किर्तिमानी खेल | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

तस्विरमा हेर्नुहोस किर्तिमानी खेल

काठमाडौं । एकै खेलमा ४ किर्तिमान । नेपालको क्रिकेट इतिहासमा विरलै हुने घटना हो यो । एसीसी प्रिमियर कपमा नेपालले ओमानविरुद्ध शानदार जीत निकाल्दा किर्तिमान नै किर्तिमान बन्यो । नेपालको क्रिकेट इतिहासमा ८ वैशाख २०८० को ओमानविरुद्धको म्याच सधै स्मरणीय रहनेछ ।

घरेलु मैदान, दर्शकको साथ अनि किर्तिमान नै किर्तिमानले ल्याएको उत्साह । ओमानविरुद्धको खेलमा एकै दिन अन्तराष्ट्रिय र राष्ट्रिय गरी ४ किर्तिमान बन्यो । सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो एक सय विकेट नघाउने खेलाडी बने । नेपाली राष्ट्रिय टोलीले एक दिवसीय म्याचमा पहिलोपटक ३ सय रन कटायो ।

कुशल मल्लको नाममा दुुईवटा राष्ट्रिय किर्तिमान पनि ओमानविरुद्धको शुक्रवारकै खेलमा बन्यो । ओमानविरुद्ध उच्च मनोबलका साथ मैदानमा उत्रिएको नेपाली क्रिकेट टोलीले टस हारेर पहिला ब्याटिङको निम्तो पायो । नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १० रन बनायो । नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा ओमानले ४६.३ ओभरमा २२६ रन मात्र जोड्न सक्यो । तस्विरमा हेर्नुहोस आजको खेलको दृश्यः

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);