महिला क्रिकेटमा अन्जली चन्दको विश्व कीर्तिमान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महिला क्रिकेटमा अन्जली चन्दको विश्व कीर्तिमान

anjali chand

पोखरा, १६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागको महिला क्रिकेटमा नेपालकी अन्जली चन्दले विश्वकिर्तिमान कायम गरेकी छिन् । सागको महिला क्रिकेट अन्तर्गत पोखरा रंगशालामा सोमबार माल्दिभ्स विरुद्धको खेलमा उनले कुनैपनि रन नदिई ६ विकेट हात पारेर विश्व किर्तिमान कायम गरेकी हुन् ।

६ विकेट लिने क्रममा उनले ह्याट्रिक समेत गरिन् । विश्व क्रिकेटमा अहिलेसम्म कुनैपनि क्रिकेटरले रन नखर्चिकन ६ विकेट हात पार्न सकेका थिएनन् । सातौँ ओभरमा बलिङ गर्न आएकी अन्जलीले मेडन राख्दै तीन विकेट हात पारिन् ।

लगत्तै नवौं ओभरमा उनले कुनैपनि रन खर्च नगरि थप २ विकेट हात पारिन् । एघारौं ओभरमा उनले थप एक विकेट लिइन् । साथै ह्याट्रिक समेत पूरा गरिन् ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले १० दशमलव १ ओभरमा १६ रन बनाएको थियो । जवाफ ब्याटिङ गरेको नेपालले ०.५ ओभरमै लक्ष्य भेट्टायो । ४ अतिरिक्त रन पाएको नेपालका लागि करुणा श्रेष्ठले १३ रन बनाइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);