लमजुङ, २३ असोज । मनाङ जीप दुर्घटनाका १० जना घाइतेलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ। हेली एभरेष्ट, एयर डाईनाष्टिक र सिम्रिक एयर गरी तीनवटा हेलिकप्टरबाट मनाङको ताल र लमजुङ अस्पतालमा उपचाररत घाइतेलाई काठमाडौं ल्याईएको
आइतबार बेलुका भएको दुर्घटनामा परी २६ वर्षे इजरायली पर्यटक एवियाजर बेरिडको ज्यान गएको थियो । हिजो आईतबार लमजुङबाट मनाङका लागि छुटेको ग १ ज ६०३४ नम्बरको जीप नासोङ गाउँपालिका अन्तर्गत ताल भन्ने ठाँउमा दुर्घटना भएको हो। जीपमा चालकसहित १२ जना सवार थिए।