बागलुङमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

बागलुङमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

bangung accident

सुवास आचार्य

बागलुङ, १७ मंसिर । बागलुङको बडिगाडमा गाडी दुर्घटना हुँँदा १४ जनाको मृत्यु भएको छ ।

गुल्मीको तम्घासबाट बागलुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँँदा १४ जना घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमूख सुरज खड्काले जानकारी दिए ।

उहाँका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो । जीप मध्यपहाडी लोकमार्गबाट बडिगाड खोलामा खसेको छ । दुर्घटनामा गुल्मीका ९ महिला, ४ पुरुष र १ बालकको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको पहिचान भने अझै हुन सकेको छैन ।

तीन जना गम्भीर घाइतेलाई उद्धार गरी उपचारको लागि बुर्तिवाङ पठाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);