आफूलाई पदबाट हटाउन प्रधानमन्त्री ओलीको चूनौती | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

आफूलाई पदबाट हटाउन प्रधानमन्त्री ओलीको चूनौती

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले सक्छ भने आफूलाई प्रधानमन्त्रीबाट हटाउन चूनौती दिएका छन्।

शनिबार भृकुटी मण्डपमा अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई पदबाट हटाउन चूनौती दिएका हुन् ।

उनले षड्यन्त्र र जालझेल गरेर कसैले हटाउन सके हटाए हुने र आगामी चुनावबाट पुनः आउने दावी गरेका हुन् । उनले २ वर्षपछि सूर्य चिन्हबाट एमालेले नै बहुमत ल्याउने दावी गरे । त्यत्तिन्जेल सम्म आफूलाई प्रतिपक्षमा बस्न कुनै समस्या नभएको पनि उनको भनाई छ । सरकारमा भए देश बनाउने र विपक्षमा भए देश बनाउने तयारी गर्ने उनले उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले आफ्नो गन्तव्य सत्ता नभई समृद्ध नेपाल सुखी नेपाली, देश विकास, कृषि आधुनिकीकरण तथा जनताको सपना पूरा गर्ने रहेको पनि बताएका छन् ।

Leave a Reply