प्रधानमन्त्रीको राजीनामा भारतले हाेइन मैले मागेकाे हो : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

प्रधानमन्त्रीको राजीनामा भारतले हाेइन मैले मागेकाे हो : प्रचण्ड

sacibalaya rajinama

काठमाडौं, १६ असार । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को जारी स्थायी कमिटी बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको ‘आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजियो’ भन्ने अभिव्यक्तिबारे शीर्ष नेताहरुले प्रश्न उठाएका थिए।

भारतीय दूतावास आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागिपरेको ओलीले दाबी गर्नुभएको थियो । तर नेताहरुले भने ओलीले आफूलाई कसलाई हटाउन चाहेका हुन् भन्ने बारेमा प्रमाण सहित स्पष्ट पार्नुपर्ने माग गरेका थिए।

प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट आफूलाई हटाउने प्रयास भइरहेको मनसायबाट प्रश्न उठाएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिल्लीले नभई आफूले मागेको स्पष्ट पर्नुभयो ।

ताजा समाचार