नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र अर्घाखाँचीको पार्टी कार्यालय पुनःउद्घाटन | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र अर्घाखाँचीको पार्टी कार्यालय पुनःउद्घाटन

अर्घाखाँची, २८ फागुन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र अर्घाखाँचीले पार्टी कार्यालयको पुनः उद्घाटन गरेको छ । पछिल्लो राजनीतिक घटनाक्रम अनुसार सर्वोच्च अदालतले दुई पार्टीलाई ब्यँुताईदिएपछि देशैभर अहिले दुवै पार्टीले जिल्ला जिल्लामा आ–आफ्नो पार्टी कार्यालय पुनस्र्थापना गर्न थालेका छन् ।

पार्टी कार्यालयको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र अर्घाखाँचीका संयोजक ठाकुर कुमार बि.क.“किशोर”ले प्रधानमन्त्री केपी शर्मा ओलीले धोका दिएको आरोप लगाउनुभयो ।

माओवादी केन्द्र अर्घाखाँचीमा पार्टीलाई अझ मजबुत बनाएर लैजाने बताउँदै कुना कन्दाराका जनतामाँझ जाने बताउनुभयो । पुरानो कार्यालय रहेको सन्धिखर्कको बैंक रोडमा कार्यालय पुनःस्र्थापना गरिएको छ । सोही कार्यक्रममा शहिद परिवारका सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।

उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका नेता–कार्यकर्ताको उपस्थिती रहेको थियो । यसअघि फागुन २५ गते नेकपा एमालेले आफ्नो कार्यालय पुनःस्थापना गरेको थियो । नेकपाको पार्टी कार्यालय रहेको मदन आश्रित स्मृती भवनमा नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको थियो ।

अर्घाखाँचीमा पुर्व एमालेका सबै नेता पुरानै पार्टीमा फर्किएका छन् भने माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी र राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का एमालेमै बसेर काम गर्ने घोषणा गरिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);