काठमाडौं, २८ फागुन । नेकपा एमालेले माधव नेपाल पक्षलाई सो पार्टीमा नभित्र्याउने संकेत दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सो पार्टीको प्रधानमन्त्री ओली पक्ष केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले केन्द्रीय समितिमा २३ सदस्य थप गरेको छ। त्यसमा माओवादीबाट ओली पक्षमा लागेका गृहमन्त्री रामबहादुर थापा बादल समेत छन् ।
बैठकले महासचिव बाहेक सबै पदाधिकारी खारेज गरेको छ। पदाधिकारी बैठकमा नेपाल पक्षको बहुमत थियो। त्यसैगरी बैठकले आगामी मंसिर २ देखि ६ सम्म पार्टीको दशौँ महाधिवेशन आयोजना गर्ने निणय गरेको छ। शुक्रबारको केन्द्रीय समितिको बैठकमा नेपाल पक्षका नेताहरुलाई बोलाइएको थिएन।




