संविधानको रक्षा गर्नका लागि आन्दोलन गर्न पछि पर्दैनाैं : दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

संविधानको रक्षा गर्नका लागि आन्दोलन गर्न पछि पर्दैनाैं : दाहाल

बुटवल, २८ फागुन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानको रक्षा गर्न आन्दोलन गर्न पछि नपर्ने बताएका छन्। बुटवलमा राष्ट्रिय दलित पत्रकार संघ नेपालले आयोजना गरेको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सर्वाेच्च अदालतले नेकपा एमाले र माओबादी केन्द्रलाई ब्युँताएको तर्फ संकेत गर्दै दाहालले जन्मिसकेको बच्चालाई फेरि आमाको गर्वमा लगिदिने जस्तो अस्वभाविक घटना देख्नु परेको बताएका छन्। उनले शान्तिपूर्ण आन्दोलनको आँधीबेहेरी ल्याएर भएपनि संविधानको रक्षा गर्ने बताएका छन्।

यस्तै नेपाली कांग्रेस संसदीय दलका नेता बालकृष्ण खाँणले देशको राजनीतिक परिवर्तन गरि शान्तिपूर्ण बाटोमा ल्याउन नेकपा माओवादीको भूमिका महत्वपुर्ण भएको धारणा राखेका छन्। ऐतिहासिक भूमिका निर्वाह गर्ने नेताहरु माथि चलखेल गरेर प्रहार सुरु हुन थालेको नेता खाँणको आरोप छ ।

देशको राजनीतिक धार संविधानको रक्षा गर्ने की हत्या गर्ने भन्ने तर्फ मोडिएको बताउँदै उनले संविधानको रक्षा गर्न नेपाली कांग्रेसले नै नेतृत्व गर्ने बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);