कञ्चनपुरको पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

कञ्चनपुर, २५ फागुन । सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि कञ्चनपुरको पार्टी कार्यालयको बोर्डमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको छ । मंगलबार महेन्द्रनगर स्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो।

धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएसंगै कञ्चनपुरमा पनि एमाले लेखिएको बोर्ड राखिएको नेकपा जिल्ला कमिटी सदस्य पल्लवराज भट्टले बताए।

नेकपा जिल्ला सचिव सुरेन्द्र विष्ट लगायत नेता कार्यकर्ताको सहभागितामा बोर्ड परिवर्तन गरिएको नेता भट्टले बताए।

Leave a Reply