साबिक नेकपाको धुम्बाराहीस्थित मुख्यालयमा नेकपा एमालेको बोर्ड राखियो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

साबिक नेकपाको धुम्बाराहीस्थित मुख्यालयमा नेकपा एमालेको बोर्ड राखियो

काठमाडाैं, २५ फागुन । साबिक नेकपाको धुम्बाराहीस्थित मुख्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी नेकपा लेखिएको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो । एमालेको केन्द्रीय कार्यालय पहिले पनि धुम्बाराहीमै थियो ।

माओवादी केन्द्रको मुख्यालय पनि एकीकरणअघि कार्यालय रहेको पेरिसडाँडाबाटै सञ्चालन हुने भएको छ । सर्वोच्च अदालतले एकीकरणलाई अस्वीकार गर्दै पूर्ववत् पार्टीहरू ब्युँताइदिएपछि साविक नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेता–कार्यकर्ता साविककै नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै रहने भएका छन् ।

जिल्लास्तरमा पनि धमाधम तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएका नेकपाको साइनबोर्ड फेरेर एमालेका बोर्ड राखिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);