नेकपा एमाले बागमती प्रदेशको संसदीय बोर्ड गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेकपा एमाले बागमती प्रदेशको संसदीय बोर्ड गठन

dormani poudel

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी( एमाले) बागमती प्रदेश संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ । द

लका नेता एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा १३ सदस्यीय बोर्ड गठन गरिएको हो । नेकपा एमालेको दलको बिधान २०७७ को दफा १७ बमोजिम बोर्ड गठन गरिएको हो ।

बोर्डको सदस्यमा प्रमुख सचेतक दीपक निरौला(पदेन), अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, बिजय सुवेदी, शशि जंग थापा, उर्मिला कर्माचार्य, शान्ति थिङ, सरस्वती बाटी, नारायण बहादुर सिलवाल, सीता लामा र प्रदीप कटुवाल रहेका छन् ।

बोर्डको पदेन सदस्यमा दलको सचेतक र उपनेता रहने व्यवस्था रहेको छ । हाल सचेतक र उपनेता रिक्त रहेकोले पछि थप हुने भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);