एमाले संसदीय बोडद्धारा १४ सांसदलाई माग्यो स्पष्टीकरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमाले संसदीय बोडद्धारा १४ सांसदलाई माग्यो स्पष्टीकरण

काठमाडौँ। नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डले १४ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ। शनिबार हेटौंडामा सम्पन्न बोर्ड बैठकले पार्टीको हितविपरीत काम गरेको भन्दै १४ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले अवाञ्छित गतिविधि गरेको भन्दै आइतबार साँझ ५ बजेसम्म स्पष्टीकरण दिन १४ प्रदेशसभा सदस्यहरुलाई निर्देशन दिएका थिए ।

उनको अनुसार अष्टलक्ष्मी शाक्य, राजेन्द्र प्रसाद पाण्डे, अरुण नेपाल, रचना खड्का, कुमार कार्की, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, ईन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मिना ज्ञवालीलाई स्पष्टीकरण सोधिएको हो।

स्पष्टीकरण सोधिएका १४ जनामध्ये ३ जना बोर्डको सदस्यसमेत रहेका छन्। बोर्डको सदस्य रहे पनि राजेन्द्रप्रसाद पाण्डे र अरुण नेपाल अस्वस्थ रहेको भन्दै बैठकमा सहभागी नभएको निरौलाले बताए। अष्टलक्ष्मी शाक्यले भने कुनै जानकारी नदिएको उनको तर्क रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);