काठमाडौं, २४ फागुन । सर्वोच्च अदालतको फैसलापछि राजनीतिक संकट गहिरिएको बेला नेकपाको दाहाल नेपाल पक्षको स्थायी कमिटी बैठक आज बस्दैछ ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज स्थायी कमिटिको बैठक बस्न लागेको हो ।
आजको बैठकपछि भावी रणनीति तय गरिने नेता नारयणकाजी श्रेष्ठले जानकारी दिए । यो समुहले नेकपा नामको आधिकारिकताबारे सर्वोच्च अदालतले गरेको फैसला उपर पुनरावलोकन गर्ने बताईसकेको छ ।
सर्वोच्च अदालतले रिट निवेदकको मागदावी भन्दा बाहिर गएर असम्बन्धित विषयमा निर्णय दिएको आरोपसमेत उसको छ ।
सर्वोच्चको फैसला राजनीतिक आग्रह प्रेरित, अस्वभाविक एवं कानूनी रुपले समेत गलत रहेकोले आफुहरुको गम्भीर असहमति रहेको दाहाल नेपाल पक्षको प्रतिक्रिया छ ।




