काठमाडौं, २३ फागुन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ।
पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागमा मेघगर्जनसहित हल्का बर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। यद्यपी भारी बर्षा हुने सम्भावना भने हाललाई नभएको महाशाखाले जनाएको छ ।
देशका पहाडी भूभागमा राति सामान्य बदली भई गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मेघ गर्जन सहित हल्का बर्षा हुने बताइएको छ । यसका साथै बाग्मती र प्रदेश नं १ का केही स्थानमा पनि मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।