एजेन्सी, २० फागुन । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन पीएसजीले जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले बोर्डोलाई १–० गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।
बोर्डोको मैदानमा पीएसजीलाई जित दिलाउन पाब्लो सराबियाले निर्णायक गोल गरे । खेलको २० औं मिनेटमा उनले गोल गरेका थिए ।
जितसँगै पीएसजीले २८ खेलमा ६० अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । बोर्डो ३३ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।