दाङमा भएको खुला भलिबल प्रतियोगितामा पश्चिम रुकुमको जित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

दाङमा भएको खुला भलिबल प्रतियोगितामा पश्चिम रुकुमको जित

दाङ, २० फागुन । दाङ जिल्लाकै सर्वाधिक पुरस्कार राशीको खुला भलिबल प्रतियोगिता २०७७ को उपाधी पश्चिम रुकुमले जितेको छ । नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा संचालित प्रतियोगिताको बुधबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा डल्फिन फिड कैलालीलाई ३–२ को सेटमा हराउँदै पश्चिम रुकुमले उपाधी जितेको हो ।

पश्चिम रुकुमले उपाधी संगै नगद एक लाख, कप, मेडल तथा प्रमाणपत्र हात पारेको छ । उपविजेता डल्फिन फिडले ५० हजार रुपैंयासंगै , कप, मेडल तथा प्रमाणपत्र हात पार्यो ।

१२ टोली सहभागि प्रतियोगितामा बेष्ट प्लेर पश्चिम रुकुमका विशाल बिक, राईजिङ प्लेयर पिवाइसी रुकुमका दिनेश बाठा,बेष्ट क्वीकर पश्चिम रुकुमका महेन्द्र चौधरी,बेस्ट डिफेन्डर डल्फिन कैलालीका राजन दर्लामी मगर, बेष्ट ब्लकर कैलाली कै हेमन्त मल्ल, बेष्ट स्पाइकर दुर्गा बहादुर सुनार र बेष्ट कोच डल्फिन कैलालीका ज्ञानेन्द्र बिस्ट घोषित भए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);