काडमाडौं, फागुन १६ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल पक्षका नेता रघुजी पन्तको पिँडुला देखाएको भरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद बनाएको भन्ने अभिव्यक्तिप्रति राष्ट्रियसभा सदस्य कोमल वलीले कडा आपत्ति जनाएकी छिन् ।
नेतृ वलीले आफ्नो फेसबुकमा नेता पन्तले प्रयोग गरेको शब्दहरुले आमा दिदीबहिनी सबैलाई अपमान गरेको उल्लेख गरेकी छिन् ।
पछिल्लो समयमा नेता पन्तले एक कार्यक्रममा कोमल वलीले पिडुँला देखाएर पोइल जान पाम भने पछि प्रधानमन्त्री ओलीले सांसद बनाएको अभिव्यक्ति दिएका थिए । उनले पार्टीका पुराणा महिला नेतृहरुले भने अहिलेसम्म टिकट नपाएको तर कोमल वलीले त्यसतो गरेकै भरमा राष्ट्रिय सभा सदस्य बनेको बताएका थिए ।
यस्तो अभिव्यक्ति प्रति नेतृ वलीले कडा आपत्ति जनाउँदै पन्तको मानव विकासका क्रममा तन्तुहरु बिचैमा रोकिएको भन्दै कटाक्ष गरेकी छिन् । उनले विवेक हिन मानिसको आलोचनाले आफैलाई आलोचित गर्दछ भन्दै यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीनिक पार्टी र समाजको दुर्घटना कति टाढा होला ? भन्दै प्रश्न समेत गरेकी छिन् ।