सुनको मूल्यमा तोलामा ५ सय रुपैँयाले घट्यो | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

सुनको मूल्यमा तोलामा ५ सय रुपैँयाले घट्यो

काठमाडौं, १४ फागुन । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन तोलामा ५ सय रुपैँयाले घटेको जनाएको छ ।

बिहीबार ८९ हजार ३ सय रुपैँयामा कारोबार भएको सुनको मूल्य शुक्रबार रु ५ सयले घटेर ८८ हजार ८ सय निर्धारण भएको महासंघले जनाएको हो । तेजावी सुनको मूल्यमा पनि शुक्रबार ५ सय रुपैँयाले नै घटेर तोलाको ८८ हजार ३ सय ५० मा निर्धारण भएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार तोलाको १३ सय ३५ निर्धारण गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);