नेपालमा थप १ सय १२ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

नेपालमा थप १ सय १२ जनामा कोरोना संक्रमण

काठमाडौं, १३ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् ।

३ हजार ४ सय ११ पीसीआर परीक्षण भएको पछिल्लो २४ घण्टामा १ सय १२ जना संक्रमित थपिएका हुन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ८४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै हालसम्म कोरोन भाईरस निको हुनेको संख्या २ लाख ७० हजार २ सय २३ पुगेको छ ।

बिहीबार कोरोनाबाट थप १ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ६७ पुगेको छ ।

Leave a Reply