कञ्चनपुर, १३ फागुन । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ ख गाउँमा हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ ।
नजिकैको भारतीय दुधव नेशनल पार्कमा दाउरा लिन गएको अवस्थामा बर्ष ५५ की धनादेवी थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक कैलाश सिँह बिष्टले जानकारी दिए ।