कञ्चनपुरमा श्रीमतीद्वारा श्रीमानको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कञ्चनपुरमा श्रीमतीद्वारा श्रीमानको हत्या

dead

कञ्चनपुर, ११ फागुन । कञ्चनपुरको बेलौरीमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । बेलौरी नगरपालिका वडा नम्बर ६ भुराकोट बस्ने २७ वर्षीया बसन्ती चौधरीले आफ्नै श्रीमान् ३० वर्षीय ओम कुमार चौधरीको मंगलबार बिहान धारिलो हतियार फरुवाले प्रहार गरी हत्या गरेकी हुन् ।

हत्यापछि श्रीमती स्वयम् इलाका प्रहरी कार्यालय बेलौरीमा गई आफुले श्रीमानको हत्या गरेको जानकारी गराएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काको भनाइ छ ।

जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुग्दा ओछ्यानमै फरुवाले सांघातिक आक्रमण गरी हत्या गरेको पाइएको बताइएको छ ।

श्रीमानले अर्को विवाह गरी कान्छी श्रीमतीलाई काठमाडौंमा राखेको आरोपमा उनको हत्या गरेको बसन्ती चौधरीले स्वीकार गरेकी छिन् । उनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);