झापा, १० फागुन । लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित मोरङबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका–२ का ३३ बर्षीय धनिराम चौधरी, वडा नम्बर–४ का ३७ बर्षीय मनराज शेख र २३ बर्षीय कैलाश मण्डल छन् ।
उनीहरुलाई आईतबार दिउँसो साढे ३ बजे कटहरी गाँउपालिका–४ स्थित चमराही चौकबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले प्लास्टिकले बेरिएको अवस्थामा खैरो हिरोईन ८ ग्राम र डिजिटल काँटा थान १ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।




