काठमाडौं, ९ फागुन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली जाने भएकाछन । भट्राई आज नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जान लागेका हुन ।
पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा उपचार गराउँदै आएका भट्राई चिकित्सकहरुको सल्लाहा अनुसार उपचारका लागि दिल्ली जान लागेका हुन । चिकित्सकहरुका अनुसार भट्राई लाई न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएको छ ।
दिल्लीमा उनको उपचार ’इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुने बताईएको छ । उपचारका क्रममा उनिसंग पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे संगै रहने बताईएको छ ।