संसद विघटन मुद्धाः बिहीबार एमिकस क्युरीका बाँकी दुई सदस्यले राय दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संसद विघटन मुद्धाः बिहीबार एमिकस क्युरीका बाँकी दुई सदस्यले राय दिने

काठमाडौं, ६ फागुन । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज पनि एमिकस क्युरी अर्थात् अदालतका सहयोगी सदस्यले आफ्नो राय दिने भएका छन् । मंगलवारदेखि जारी एमिकस क्युरीका सदस्यहरुले आफ्नो राय दिने क्रम नसकिएकोले आज पनि राय दिन लागेका हुन् ।

पहिलो दिन मंगलवार बद्रीबहादुर कार्कीले राय दिनुभएको थियो भने बुधबार सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले राय दिनुभएको थियो । बहसका क्रममा कार्कीले संविधानमा जे उल्लेख छ, त्यही मात्रै हेरेर संसद विघटनविरुद्ध परेका रिटको फैसला हुनुपर्ने बताउनुभएको छ भने खरेलले संविधानअनुसार प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने तर देशमा कुनै कम्पन दिउँ भन्ने लागेको भएमा अदालतले प्रधानमन्त्रीको निर्णय सदर गर्न पनि सक्ने राय दिनुभएको छ ।

अर्का सदस्य विजयकान्त मैनालीले भने प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार रहेको दाबी गर्नुभएको छ । एमिकस क्युरीका पाँच जना सदस्यमध्ये अब पूर्णमान शाक्य र गीता पाठकले राय दिन बाँकी छ । सबैको राय आएपछि अदालतले प्रतिनिधिसभा विघटन विरुद्धका रिटको फैसला गर्नेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);