संंसद विघटन मुद्धा : मंगलबारबाट एमिकसक्यूरीको बहस, कस्तो आउला राय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

संंसद विघटन मुद्धा : मंगलबारबाट एमिकसक्यूरीको बहस, कस्तो आउला राय

Sarbocha adalat

काठमाडौं, ४ फागुन । संसद विघटनको मुद्दामा मंगलबारदेखि अदालतको सहयोगी (एमिकस क्यूरी) को बहस सुरु हुनेछ । यो मुद्दामा सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनबाट ३ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जना एमिकस क्यूरी माग गरेको थियो ।

नेपाल बारले बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल तथा सर्वोच्च अदालत बार एशोसिएसनबाट पूर्णमान शाक्य र गीता पाठक एमिकस क्यूरीकाे रुपमा रायका लागि पठाएको छ।उनीहरुले कुनै पक्ष विपक्षमा नरही अदालतलाई राय दिनेछन् ।

एमिकस क्यूरीको रायपछि फैसला आउनेछ । यद्यपी उनीहरुले अनौपचारिक रुपमा गरेको छलपलका आधारमा भने कसले कस्तो राय दिने छन् भन्नेमा अनुमान गर्नकठिन छैन। यद्यपी उनीहरुले बीचमा बसेर नै राय दिने एक कानुन व्यावासयीले ईमाउन्टेनलाई जानकारी दिए।

सोमबार सम्ममा सरकारको तर्फबाट र रिट नविेदकको तर्फबाट बहस सकिएको छ।एमिकसक्युराीको रायपछि सर्बोचले फैसालाको मिति तोक्ने छ। । संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासमा सुनुर्वाई भइरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);