प्रतिनिधिसभा विघटनको विपक्षमा कार्कीको राय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रतिनिधिसभा विघटनको विपक्षमा कार्कीको राय

काठमाडौं, ४ फागुन । प्रतिनिधिसभा विघटनकाविरुद्ध अदालतमा परेको रिट निवेदनमा एमिकसक्युरीको तर्फबाट पहिलो राय दिदै वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले घुमाउरो भाषामा बिघटन संवैधानिक नभएको दावी गरेका छन् ।

मंगलबार सर्वोच्चको संवैधानिक ईजालासमा राय दिदै उनले अविश्वास प्रस्ताव आयो भन्दैमा संस्थाको अन्त्य गर्न नपाईने राय दिएका छन् । ‘संस्था रह्यो भने व्यक्तिमा भएको कमजारी पनि सचिन्छ’ कार्कीले भने। ‘ जसलाई हटाउन मन लाग्छ अविश्वासको प्रस्ताव ल्याउने हो। संस्था अन्त्य गर्ने होइन’ कार्कीले भने।

कार्कीले विघटनको मुद्धामा फैसला गर्दा संविधानमा के लेखेको छ त्यो मात्र हेर्न सुझाव दिए। ‘संविधानमा के लेखेको छ त्यो आधारमा फैसला दिने हो त्यो भन्दा बाहिर जान मिल्दैन’।

कार्कीले भने‘ जसले संविधान बनाए ति आज संविधानमा संकट आयो भनेर सडकमा छन् ’। कार्कीले अविश्वासको प्रस्ताव र विश्वासको मत संसद भित्रबाटै टुंगो लाग्ने भएकोले त्यो भन्दा बाहिर जान नसकिने बताए।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);