काठमाडौं, ४ फागुन । भक्तपुरमा थुप्रै ऐतिहासिक पोखरीहरु रहेका छन् । तीमध्ये सबै भन्दा प्रख्यात सिद्ध पोखरी भक्तपुर नगरपालीका-१ मा रहेको सबैभन्दा ठुलो पोखरीको रुपमा स्थापीत भएको छ । यो पोखरीको नाम स्थानीयबीच तःपुखु (ठूलो पोखरी) भनेर चिनिने गरेको छ ।
लिच्छवी राजा इन्द्रदेवले नेपाल संवद २३५ देखि वि.सं. ११७६ सालमा पोखरीको निर्माण गर्नुभएको इतिहास छ । भक्तपुर नगरको पश्चिम दिशामा बनाइएको यो पोखरीको कारण नगरको निकै शोभा बढाएको र मुख्य पोखरीको रुपमा प्रख्यात छ ।
त्यहा अझै पनि तान्त्रिक विधीद्धारा नागको पूजा हुने गरेको छ । थुप्रै पोखरीहरु मध्ये सिद्धपोखरीनै प्रख्यात हुनुको कारण यस्तो रहेको छ। विभिन्न लिच्छविकालीन मुर्तिहरु,सिक्का, भाडा र अरु थुप्रै सामानहरु पाईएतापनि यो पोखरी लिच्छवी कालीन भन्दा अगाडि नै दहको रुपमा रहेको प्रमाण पाईएको छ ।
बौद्ध , शैव, शाक्त र वैष्णब धर्म संग सम्बन्धितमिश्रित मुर्तिहरु र धार्मीक सहिषुणताको प्रतिकको रुपमात्यो पनि लिच्छवीकाल देखिको पाइएको छ । प्रत्येक वर्ष भदौ पुर्णिमामाभब्य पेलालाग्ने सिद्धिपोखरीमा बडा दशैको छैटौंदिनमा ईन्द्धायणीको दर्शन गर्न जानेको भिड लाग्ने गर्दछ ।
पोखरीको उत्तर तर्फ छिद्ध भएको कमलाकृति र संगै रहेको खगाकृतिमा गुहेश्वरीको भावना गरी पुजा गरीन्छ ।