दाङमा प्रहरीले लाखौँ मुल्यको अवैध सुनचाँदी सहित २ जनालाई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८२, बिहीबार

दाङमा प्रहरीले लाखौँ मुल्यको अवैध सुनचाँदी सहित २ जनालाई पक्राउ

दाङ, ३० माघ । दाङमा प्रहरीले लाखौँ मुल्यको अवैध सुनचाँदी सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा तुलसीपुर उप–महानगरपालिका १७ बनकट्टा घर भइ हाल घोराही उप–महानगरपालिका १५ दिपशिखा रोडमा डेरा गरी बस्ने २५ बर्षीय प्रकाश डाँगी र भारत उत्तर प्रदेश जिल्ला बलरामपुर तुलसीपुर थाना घर भइ हाल डाँगीको डेरामा बस्ने ३५ बर्षीय पंकज कुमार गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

विहिवार बेलुका करिब ७ बजेतिर घोराही उप–महागरपालिका ३ गोग्लीमा अवैध सुन चाँदीको ओसार पसार गरी रहेका सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार डाँगीको शरिरको खानतलासी गर्दा उनको साथबाट सुनका ४ वटा बाला तौल २०८.३२ (दुईसय आठ ग्राम, बतिस मिलिग्राम) करिब १६ लाख ६९हजार ९१३ बराबरको र १ किलो पाँच सय पन्ध्र ग्राम, ०३६ मिलिग्राम चाँदीका पाउजुहरु समेत बरामत गरिएको उहाँले बताउनुभयो ।

ति चाँदीका पाउजुहरुको मुल्य ५१ हजार ४१३ रहेको समेत उहाँले बताउनुभयो । पक्राउ परेका डाँगी र गुप्ता माथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply