सावित्राको दोहोरो ह्याट्रिकमा एपीएफको जित | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

सावित्राको दोहोरो ह्याट्रिकमा एपीएफको जित

काठमाडौं, २८ माघ । राष्ट्रिय महिला लिग फुटबलमा शसस्त्र प्रहरीको एपीएफ क्लबले अपराजित यात्रा कायम राखेको छ । बुधबार ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबलसंघ एन्फा कम्प्लेक्समा रौतहटको चन्द्रपुर नगरपालिकालाई ८–० गोल अन्तरले पराजित गर्दै एपीएफको लगातार ८ खेलमा जितको यात्रालाई कायम राखेको हो ।

एपीएफको जितमा स्टार स्ट्राइकर सावित्रा भण्डारीले दोहोरो ह्याट्रिक सहित ६ गोल गरिन् । यस्तै कप्तान अनिता बस्नेतले २ गोल गरिन् । पहिलो हाफमा ३–० गोलले ले अघि रहेको एपिएफले दोस्रो हाफमा थप पाँच गोल गर्यो । जारी लिगका ८ खेलमा सबै जितसंगै २४ अंक जोडेर एपीएफ पहिलो स्थानमा रहेको छ ।

यो जितले एपीएफको उपाधि होडा समेत बलियो भएको छ । चन्द्रपुर ८ खेलमा ६ अंकसँगै लिगको छैटौं स्थानमा रहेको छ । लिग अन्तर्गत बिहीबार दुई खेल हुनेछ । पहिलो खेलमा चौदण्डीगढीले वालिङको सामना गर्नेछ भने दोस्रो खेलमा आर्मी र विराटनगरबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply