म्यानमारमा सैन्य कू को विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीद्वारा बल प्रयोग | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

म्यानमारमा सैन्य कू को विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीद्वारा बल प्रयोग

एजेन्सी, २८ माघ । म्यानमारमा भएको सैन्य कू को विरोधमा प्रदर्शनमा उत्रिएका नागरिकमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले राजधानी नेदिपअमा प्रदर्शनमा सहभागी भएकाहरुमाथि रबरको गोली पानीको फोहोरा तथा अश्रु ग्यास पनि प्रहार गरेको हो ।

प्रहरीको कुटाइबाट प्रदर्शनमा सहभागी प्रदर्शनकारीको ठूलो समूह घाइते समेत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पेशाकर्मी, सर्वासाधारणसहित बौद्ध भिक्षुहरु पनि सेनाको कदमविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।

प्रदर्शनमा सेनाले प्रतिबन्ध लगाएको भए पनि हजारौँ नागरिक त्यसको अवज्ञा गरि प्रदर्शनमा सहभागी भएका थिए । गत हप्ता निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको सेनाले समूहमा भेला हुन प्रतिबन्ध लगाएको छ भने रातिको समयमा कर्फ्यू लगाएको छ ।

सैनिक प्रमुख जनरल मिन आङ लाइङले गएको नोभेम्बर ८ मा भएको चुनाव निष्पक्ष नरहेको दाबी गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);