दाङ, २६ माघ । दाङको तुलसीपुर उपमहानगरपालिकाले संचालन गरेको मेट्रो कलेजमा बीएएलएलबी पढाइ हुने भएको छ । जिल्ला मै पहिलो पटक स्थानीय तहले कानुन विषयको स्नातक तहको कक्षा संचालन गर्न लागेको हो ।
आइतबार कलेजमा पत्रकार सम्मेलन गरी कलेजले बिएएलएलबि पढाइ संचालन गर्नका तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले बताउनुभयो । पढाइका लागि लुम्बिनी बौध विश्वविद्यालयसंग सम्झौता गरी प्रक्रिया अघि बढाएको समेत उहाँले बताउनुभयो ।
मेयर पाण्डेले उपमहानगरपालिकालाई शैक्षिक गन्तव्यका रुपमा विकास गर्न उपमहानगरपालिकाले मेट्रो कलेज संचालन गरेको समेत बताए । उनले कलेजले प्राविधिक शिक्षासंगै कानुन विषय अध्यापन गराएपछि दाङसहित आसपासका जिल्लाका विद्यार्थीलाई कानुन विषय पढ्न सहज हुने बताउनुभयो । साथै, विद्यार्थीको व्यवहारिक रुपमा काम लाग्ने शिक्षालाई कलेजले प्राथमिकता दिएको उहाँले भनाइ थियो ।
बीएएलएलबी ५ वर्षे कोर्ष रहेको र करिब ४ लाख लगानी लाग्ने कलेज प्रमुख बसन्त विवस आचार्यले बताउनुभयो। कलेजमा अहिले ३ बर्षे डिप्लोमा एग्रिकल्चर, मेकानिकल इञ्जिनियरीङ, फरेष्टि, इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियरीङ र फुड एण्ड डेरी बिषयमा पढाइ भइरहेको समेत उहाँले बताउनुभयो।