काठमाडौं, २५ माघ । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्चमा दर्ता गराउनुभएको रिटको आइतबार सुनुवाई हुने भएको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलाशमा सो रिटमाथि सुनुवाई हुने भएको हो ।
शुक्रबार सभामुख सापकोटाले संवैधानिक निकायमा गरिएको नियुक्तिबिरुद्ध राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसहित ३९ जनालाई विपक्षी बनाएर रिट दर्ता गराउनु भएको थियो । न्यायाधीश ढुंगानाको चार नम्बर इजलासमा ‘ग’ नम्बरमा रिटको पेशी राखिएको छ ।
सभामुखको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ र अधिवक्ता टिकाराम भट्टराईलगायतले बहस गर्ने तयारी गरेका छन् ।